नियम २०
उत्खनन् कार्य गर्दा पाउने सुविधा तथा सहुलियत
उत्खनन् कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले उत्खनन् कार्य गर्दा देहाय बमोजिमको सुविधा तथा सहुलियत पाउनेछ ।
(क) खनिज पदार्थ झिक्नलाई सबै प्रकारको उत्खनन् कार्य गर्ने ।
(ख) खनिज पदार्थ झिकी प्रशोधन गर्ने, शुद्धिकरण गर्ने, भण्डार गर्ने, ढुवानी गर्ने, बिक्री वितरण गर्ने वा विदेश निकासी गर्ने ।
(ग) खनिज पदार्थको उत्खनन् कार्यका निमित्त आवश्यक यन्त्र, औजार, उपकरण आदि पैठारी गर्ने ।
(घ) खनिज पदार्थको उत्खनन् कार्यको लागि आवश्यक सबै प्रकारका निर्माण कार्य गर्ने र सो निर्माण कार्यका लागि आवश्यक ढुंगा, माटो, बालुवा, ग्राभेल आदि खनिज क्षेत्र भित्रबाट झिक्ने ।